लगानी खबर, काठमाडाैँ - आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
स्टकका अनुसार काराेबार सुरू भएकाे एक घण्टाकाे अवधिमा विशाल बजार कम्पनी लिमिटेड, हिमालयन उर्जा र ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।
विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ हजार ७ सय १४ रूपैयाँ पुगेकाे छ । हिमालयन उर्जाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३२ दशमलव ३० रूपैयाँ पुगेकाे छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ६३ रूपैयाँ ५० पैसा पुगेकाे छ ।
त्यस्तै, पञ्चकन्या माइ हाइड्राेपावर, जाेशी हाइड्राेपावर र युनिभर्सल पावरकाे सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएकाे छ ।
याे समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३२.०८ अंकले बढेर ३०३६.४१ विन्दुमा पुगेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।