Like us!
Follow us!

कुमारी इक्विटी फण्डको सेयर लगानी घट्यो, न्याभ कति ?

कुमारी इक्विटी फण्डको सेयर लगानी घट्यो, न्याभ कति ?

लगानी खबर, काठमाडौं - कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डले असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण सार्वजनिक गरेको छ ।  
असार मसान्तसम्म आइपुग्दा फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) र सेयर लगानी दुवैमा गिरावट आएको छ । 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा यो फण्डको प्रतिइकाइ खुद मूल्य ४ पैसाले घटेर न्याभ घटेर १०.७२ रुपैयाँमा झरेको छ।  जेठमा फण्डको प्रतिइकाइ खुद मूल्य १०.७६ रुपैयाँ रहेको थियो। 

फण्डको सूचीकृत सेयरमा लगानी पनि घटेर ५४ करोड १४ लाख रुपैयाँमा सीमित बनेको छ। फण्डले जेठमा सूचीकृत सेयरमा ५६ करोड २१ लाख रुपैयाँ लगानी थियो। 

फण्डले असार मसान्तसम्म ७ करोड १६ लाख रुपैयाँ नाफा गरेको छ। जेठ महिनामा नाफा ७ करोड ६२ लाख रुपैयाँ नाफा रहेको थियो। फण्डले विभिन्न ३४ वटा  सूचिकृत कम्पनीमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेको असार मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण हेर्नुहोस्:-

60fcf20d8b8a4.jfif

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।