Like us!
Follow us!

यी ७ कम्पनीले १४ अर्ब बराबरको हकप्रद सेयर निष्कासनको अनुमति पाए

यी ७ कम्पनीले १४ अर्ब बराबरको हकप्रद सेयर निष्कासनको अनुमति पाए

लगानी खबर, काठमाडौं - गत आर्थिक वर्ष २०७७/७८ मा नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न ७ वटा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले विभिन्न ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख ७ हजार २५ रुपैयाको १४ करोड ४ लाख ९७ हजार ७० दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।

बोर्डले २ वटा फाइनान्स कम्पनी, २ वटा हाइड्रोपावर, एक वटा विकास बैंक, एक वटा अन्य समूह र एक वटा लगानी समूह गरी जम्मा ७ कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको हो ।

जसमध्ये ६ कम्पनीले हकप्रद निष्कासन् तथा बिक्री गरिसकेका छन् भने बाँकी एक कम्पनीले धमाधम बिक्र्री गरिरहेको छ ।

यी हुन् गत आर्थिक वर्षमा बोर्डले हकप्रद निष्कासनको अनुमति दिएका ७ कम्पनी : 

समृद्धि फाइनान्स 

समृद्धि फाइनान्स लिमिटेडले १ बराबर २ को अनुपातमा ३६ करोड ३९ लाख ६० हजार ६ सय रूपैयाँ बराबरकाे ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो ।

कम्पनीले उक्त हकप्रद सेयर गत असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गतेसम्म बिक्री खुल्ला गरेको थियो । बोर्डले कम्पनीलाई भदौ २ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

नेपाल फाइनान्स 

नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई बोर्डले १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको प्रति सेयर १ सय अंकित दरका १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।

कम्पनीले उक्त हकप्रद गत मंसिर ४ गते, बिहीबारदेखि मंसिर २४ गते बुधबारसम्म आफ्ना लगानीकर्तालाई हकप्रद सेयर निष्कासन तथा  बिक्री खुल्ला गरेकाे थियो । बोर्डले कम्पनीलाई असोज १९ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट 

सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट १ कित्ता बराबर ०.८२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय  रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । कम्पनीलाई बोर्डले पुष २ गते हकप्रद निष्कासनको अनुमति दिएको हो ।

नारायणी डेभलपमेन्ट बैंक 

बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो।  

कम्पनीले उक्त हकप्रद माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म बिक्री खुल्ला गरेको हो ।  बोर्डले कम्पनीलाई पुस २० गते हकप्रद निष्कासनको अनुमति दिएको थियो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

गत आर्थिक वर्षमा अरुण भ्याली हाइड्रोपावरले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको थियो।  

बोर्डले कम्पनीलाई फागुन २५ गते हकप्रद निष्कासनको अनुमति दिएको हो । बोर्डको अनुमतिपश्चात कम्पनीले उक्त हकप्रद वैशाख ६ गतेबाट जेठ २ गतेसम्म बिक्री खुल्ला गरेको हो ।

अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले पनि गत आर्थिक वर्षमा १ बराबर ०ः२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई वैशाख १९ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएपश्चात कम्पनीले असार १३ गतेसम्म उक्त हकप्रद बिक्री खुल्ला गरेको थियो । 

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडिसिएल)

त्यसैगरी, एचआईडीसीएलले पनि गत आर्थिक वर्षमा नै हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएको हो । बोर्डले कम्पनीलाई जेठ ९ गते हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो ।

कम्पनीले कम्पनीले १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको थियो कम्पनीले उक्त हकप्रद साउन ५ गतेबाट धमाधम बिक्री गरिरहेको छ । कम्पनीको उक्त हकप्रदमा साउन ५ गतेबाट साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुकक्लोज गरेको थियो।  त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ। 

60fbb16a47f14.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।