Like us!
Follow us!

किसान लघुवित्तले एफपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

किसान लघुवित्तले एफपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

किसान लघुवित्त वित्तिय संस्थाले एफपीओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ जारी गर्न असार २९ गते बाेर्डमा निवेदन दिएकाे हाे ।

हाल संस्थाको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई एफपीओ मार्फत सेयर जारी गरे पश्चात संस्थाको चुक्ता पुँजी ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

संस्थाको एफपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औसतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।