Like us!
Follow us!

कहिले सम्म कायम सेयरधनीहरुले पाँउछन् लक्ष्मी इक्विटी फन्डको ३५ प्रतिशत लाभांश ?

कहिले सम्म कायम सेयरधनीहरुले पाँउछन् लक्ष्मी इक्विटी फन्डको ३५ प्रतिशत लाभांश ?

लगानीखबर, काठमांडौ- लक्ष्मी इक्विटी फन्डले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कोषले नगद लाभांश वितरण गर्नको लागि साउन १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।  त्यसैले साउन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको सञ्चालक समितिको हिजो (बिहिबार) बिहान बसेको बैठकले लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

आर्थिक वर्ष २०७७ ७८ को लाभांश घोषणा गर्ने यो दोस्रो कोष हो । यसअघि गत साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको थियो। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।