लगानीखबर, काठमाडौं । प्राविधिक समस्याका कारण अवरुद्ध रहेको मेरो शेयरको 'माई पोर्टफोलियो' सुचारु भएको छ ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडलेले प्राविधिक समस्याका कारण अवरुद्ध रहेको मेरो शेयरको माई पोर्टफोलियो सुविधा शुक्रवारदेखि पुन : सुचारु गरेको हो ।
प्राविधिक समस्या आएपछि सीडीएससीले गत बुधवारदेखि उक्त सेवा बन्द गरेको थियो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरमाा प्राविधिक समस्याका कारण अन्तिम कारोबार र अन्तिम शेयरमूल्य प्राप्त नभएका कारण पोर्टफोलियो हेर्ने सुविधा बन्द गरेको थियो ।
सीडीएससीले विकासगरेको मेरो शेयर मार्फत लगानीकर्ताहरुले शेयरको अन्तिम मूल्य हेर्न सक्ने व्यवस्था छ । हाल प्राविधिक समस्या समाधान भइसकेको सीडीएससीले जनाएको ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।