लगानी खबर, काठमाडाैँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।
संस्थाले आफ्नो जारी पूँजी २ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने ६० लाख रूपैयाँ बराबरको जम्मा ६० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे । संस्थाकाे असार ३१ गते सम्पन्न भएकाे तेश्राे वार्षिक साधारण सभाले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाले बि.ओ.के. क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा संस्था र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र बि.ओ.के. क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्मालेले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, संस्थाकाे सेयर रजिष्ट्रारकाे काम पनि बि.ओ.के. क्यापिटल लिमिटेडले नै गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।