लगानी खबर, काठमाडौं - सेयर बजारमा 'काका' उपनामले परिचित केशव कोईरालाले सामाजिक सञ्जालहरु मार्फत सञ्चालन गर्दै आइरहेको जानकारी मूलक गतिविधी स्थगित गर्ने भएका छन् । लामो समय देखि सामाजिक सञ्जालहरु मार्फत लगानीकर्ताहरुलाई विभिन्न सेयर बजार सम्बन्धी जानकारीहरु दिँदै आईरहेका उनले अभियान स्थगित गर्ने भएका हुन् ।
उनले आज (बुधबार) फेसबुकमा एक पोष्ट गर्दै अभियान स्थगित गरेको जानकारी दिएका हुन् । लगानीकर्ताहरुलाई सेयर बजारको बारेमा जानकारी दिने क्रममा आफूलाई फसाउन खोज्नेहरुको फेक आइडीबाट गाली गलौज आएको बताएका छन् । उनी भन्छन्, "जसको हितमा अावाज उठाउँदै आए उनै लगानीकर्ताहरु मप्रति जाइलाग्न थालेकोले मेरो सचेतना अनावश्यक भएको निस्कर्षमा म पुगे ।"
९० प्रतिशत नयाँ लगानीकर्ता लगानी डुबाउन नै बजार छिर्ने भन्दै उनीहरुलाई आफूले रोकेर नरोकिने बताएका छन् ।
केशब कोईराला काकाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस जस्ताको त्यस्तै:
अभियान स्थगित गरेको जानकारी !!
-विगत केहि वर्षदेखि नयाँ तथा साना लगानीकर्तालाई कमजोर र कर्नरिङ गरिएका कम्पनीहरुबाट जोगाउदै न्यून मुल्याङ्कित कम्पनीमा लगानी गर्न सामाजिक सन्जालमार्फत सुझाव र सल्लाह दिदै अाएको छु।
- यस बीचमा फसाउन खोज्नेहरुको फेक अाइडिबाट गाली र नयाँ र अाम लगानीकर्ताहरुको तालीको सामना गर्दै अाएको छु।
- बुलिस बजारमा नयाँ लगानीकर्ताको पहिलो रोजाइ नै मैले विरोध गर्ने पत्रु कम्पनीहरु नै रहेको मैले पाए।
- हाल अाएर मैले जसको हितमा अावाज उठाउदै थिए । उनै लगानीकर्ताहरु म प्रति जाइ लाग्न थालेकोले मेरो सचेतना अनावश्यक भएको निस्कर्षमा म पुगे ।
- अत: सामाजिक सन्जाल मार्फत सचेतना जगाउने अभियान यहि स्थगित गर्दछु।
- ९०% नयाँ लगानीकर्ता लगानी डुबाउन नै बजार छिर्ने हुन् ,तिनलाई मैले रोकेर रोकिन्नन ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।