Like us!
Follow us!

कामना सेवा विकास बैंक ऋणपत्र निष्कासनको अनुमति माग्दै  सेबोनको ढोकामा

कामना सेवा विकास बैंक ऋणपत्र निष्कासनको अनुमति माग्दै  सेबोनको ढोकामा

लगानी खबर, काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेकाे छ । 

बैंकले १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० वर्ष अवधि भएकाे वार्षिक ९ प्रतिशत व्याज भएकाे "१० वर्ष, ९% केएसबीबीएल डिबेञ्चर, २०८८" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

आर्थिक वर्ष २०७७/७८ को अन्तिमसम्म आइपुग्दा बैंकले ७० करोड २ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४० पैसा पुगेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।