Like us!
Follow us!

अर्थमन्त्री खतिवडाले दिए राजिनामा

अर्थमन्त्री खतिवडाले दिए राजिनामा

लगानीखबर, काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा दिएका हुन् । राजिनामा दिनु अगाडी अगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

नेकपाको सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा गरेका थिए ।

राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो टुंगिएपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो । उनको कार्यकाल शनिबार सकिंदैछ । संवैधानिक हैसियतामा उनले शनिबारदेखि मन्त्रीको हैसियतमा काम गर्न नमिल्ने भएपछि आजै राजीनामा दिएका हुन् ।

यसअघि आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो । मन्त्रिपरिषद बैठकमा मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।