Like us!
Follow us!

निरन्तर उकालो यात्रामा सेयर बजार, कारोबार रकमको बलियो साथ

निरन्तर उकालो यात्रामा सेयर बजार, कारोबार रकमको बलियो साथ

लगानी खबर, काठमाडौं - आज (सोमबार) पनि सेयर बजारले उकालो यात्रालाई निरन्तरता दिएको छ । नयाँ सरकार गठनसँगै सेयर बजारले दिनहुँ उकालो यात्रा तय गरिरहेको छ । आज सेयर बजार दोहोरो अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.९७ अंकले बढेर २९९०.४७ बिन्दुमा पुगेको छ । आज नेप्से ०.३३ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.०२ अंकले घटेर ५६०.९५ बिन्दुमा पुगेको हो ।

आज कारोबार भएका कूल २१९ कम्पनीको ३ करोड  ७५  लाख ७१ हजार ३५४ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कूल १३ उपसमूहमा ८ वटा समूहको सेयर बढेको छ बाँकि ५ वटा समूहको सेयर घटेको छ । आज व्यापार समूहको सेयरमूल्य सबैभन्दा धेरै बढेको हो ।

आज एनआईसी एशिया बैंकले सर्वाधिक कारोबार गरेको छ कम्पनीले ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
सोमबार सिनर्जी पावर डेभलपमेन्ट बैंक र विशालबजार कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाउँदा गोर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

60f547383b36d.JPG 60f5473bad325.JPG 60f5473ef25fb.JPG 60f54741d51cb.JPG 60f54744f3a6a.JPG 60f5474993b0b.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।