Like us!
Follow us!

युनियन लाइफको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

युनियन लाइफको आईपीओले ओपनिङ्ग रेञ्ज कति पाउला ?

लगानी खबर, काठमाडौं - युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले हालै मात्र साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । 

कम्पनीले  असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

उक्त साधारण सेयर (आईपीओ) काे बाँडफाँड असार ३१, बिहीबार भइसकेकाे छ । कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । ग्राेलाप्रथाबाट वितरण गर्दा ५ लाख ८० हजार ५ सय जनाले १० कित्ता सेयर हात पारेका थिए । बाँकी १५ लाख ३२ हजार २ सय ९९ आवेदकको भने हात खाली भएकाे थियाे ।

कम्पनीकाे आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेकाेमा दाेहाेराे आवेदनका कारण ४ हजार ८ सय एक जना आवेदककाे आवेदन रद्द भएकाे छ । त्यस्तै अन्य कारणले ६५ हजार एक सय ७५ जना आवेदककाे आवेदन अन्य कारणले रद्द भएकाे छ । २१ लाख १२ हजार ७ सय ९९ जना याेग्य आवेदक रहेका छन् ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७५/७६ को  प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ३४५ रुपैयाँ ३९ पैसा हुन्छ । कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५/७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज ताेकिनेछ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।