Like us!
Follow us!

प्रभु इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

प्रभु इन्स्योरेन्सले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

लगानी खबर, काठमाडौं - प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

कम्पनीकाे जेठ ६ गते, सम्पन्न भएकाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १० प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् वैशाख २५ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । 

त्यसैगरी, कम्पनीले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमश : सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

कम्पनीकाे सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।