Like us!
Follow us!

मेरो सेयरमा थपियाे 'माई होल्डिङस्' नामक नयाँ फिचर

मेरो सेयरमा थपियाे 'माई होल्डिङस्' नामक नयाँ फिचर

लगानी खबर, काठमाडाैँ - केन्द्रीय निक्षेप प्रणाली सिडिएससीले मेरो सेयर नयाँ फिचर थपेकाे छ । नयाँ आर्थिक वर्ष २०७८/७९ बाट लागू हुने गरी अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्तालाई विभाजन गरी छुट्टाछुटटै पूँजीगत लाभकरको निर्धारण गरिएकाे छ । 

आजदेखि लागू भएकाे नयाँ व्यवस्था अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनिएको छ । अबदेखि १ वर्षभन्दा कम अवधिकाे लागि सेयर होल्ड गर्नेले ७.५% लाभकर तिर्नुपर्नेछ भने एक वर्षभन्दा बढी अवधि होल्ड गर्दा ५% लाभकर तिरे पुग्ने भएकाे छ । यसअघि अल्कालिन र दीर्घकालिन दुवै प्रकारका कारोबार गर्ने लगानीकर्ताहरुले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

यही व्यवस्थालाई कार्यान्वयन गर्न सीडीएससीले ‘मेरो सेयर’ मा "My Holding" भन्ने नयाँ फिचर थपेकाे हाे । आफुले बिक्रि गरेको सेयर अल्पकालिन हो वा दीर्घकालिन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि My Purchase Source मा My Holdings भन्ने अप्सन थपिएकाे हाे ।

My Purchase Source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि My Holdings मा गएर एक वर्ष भन्दा कम अवधिको सेयर भए Short Term अर्थात ST र एक वर्ष भन्दा बढी होल्ड गरिएको सेयर भए Long Term अर्थात LT छनाेट गर्नुपर्छ  ।

60f42b9712506.jpg60f42b9714c43.jpg60f42b98d61c6.jpg60f42b9912c03.jpg60f42b9c2402d.jpg60f42b9c60c81.jpg60f42b9cae9de.jpg

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार