Like us!
Follow us!

नेपाल राष्ट्र बैंकले डेढ अर्ब बराबरको मुद्दती निक्षेपमा लगानी गर्दै

नेपाल राष्ट्र बैंकले डेढ अर्ब बराबरको मुद्दती निक्षेपमा लगानी गर्दै

लगानीखबर, काठमाडौं – नेपाल राष्ट्र बैंक लिमिटेडले डेढ अर्ब रूपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ५० कराेड रूपैयाँ बराबरकाे रकम बैंकबाट इजाजतप्राप्त विभिन्न वर्गका बैंकहरूमा लगानी गर्न लागेकाे हाे । 

बैंकले एक सूचना जारी गर्दै एक अर्ब २० करोड रूपैयाँ वाणिज्य बैंकमा, २२ करोड ५० लाख रुपैयाँ विकास बैंकमा र ७ कराेड ५० लाख रुपैयाँ वित्त कम्पनीमा लगानी गर्न लागेकाे जानकारी दिएकाे छ । 
संचालनमा आएको कम्तिमा २ पुरा भएको बैंक तथा वित्तीय संस्थामा मात्र मुद्दती निक्षेपमा लगानी गरिने बैंकले जनाएको छ ।

बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई आफुले दिन सक्ने ब्याजदर तोकेर भाद्र २३ गते मंगलबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन समेत अनुराेध गरेको छ । 

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।