Like us!
Follow us!

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९% व्याजदरमा विशेष आवास कर्जा योजना

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९% व्याजदरमा विशेष आवास कर्जा योजना

लगानी खबर, काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा (Home Loan) योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी यो योजना ल्याएको हो ।

यस विशेष आवास कर्जा योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् र यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ । 

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

ग्राहक महानुभावहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई हार्दिक अनुरोध छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले वर्षेनी यस्तो सरल तथा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।