Like us!
Follow us!

मेरो माइक्रोफाइनान्सको बोनस हितग्राही खातामा जम्मा

मेरो माइक्रोफाइनान्सको बोनस हितग्राही खातामा जम्मा

लगानी खबर, काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ ।

संस्थाकाे पाैष २८ गते, सम्पन्न भएकाे आठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे १६.९३९९ प्रतिशत बोनस सेयर बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् पाैष १६ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । 

त्यसैगरी, संस्थाले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । 

संस्थाकाे सेयर रजिष्ट्रार ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 

60f13c9c48924.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।