Like us!
Follow us!

सानिमा लाईफ र मानुषी लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डको अनुमति पायो

सानिमा लाईफ र मानुषी लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डको अनुमति पायो

लगानी खबर, काठमाडौं - सानिमा लाईफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पाएको छ ।

बोर्डले हिजो (बिहिबार) यी दुवै कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब यी २ कम्पनीले आईपीओ निस्कासन गर्नेछन् ।

सानिमा लाईफ इन्स्योरेन्सले गत जेठ ९ गते ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई सोही बराबरको आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

इन्स्योरेन्सको चुक्ता पूँजी हाल १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ ।

त्यसैगरी,  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वैशाख १३ गते आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएको थियो।  बोर्डले संस्थालाई  ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कानका लागि अनुमति दिएको हो । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबिआर्ई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल मानुषी लघुवित्तको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।