लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (शुक्रबार) अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ ।
कम्पनीको ५० प्रतिशत हकप्रद बापतको ५२ लाख ४१ हजार १ सय ९७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीले वैशाख ६ गतेबाट जेठ २ गतेसम्म १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।