लगानी खबर, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले सो अवधिसम्म आइपुग्दा सामान्य वृद्धि देखिएको छ ।
सो अवधिसम्म आइपुग्दा नाफा बढेर ९२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो मुनाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १.०५ प्रतिशतले बढी हो ।
तेस्रो त्रेमाससम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।
कम्पनीको खुद बीमा शुल्कमा पनि आकर्षण वृद्धि भएको छ । तेस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क १९.९४ प्रतिशतले बढेर ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो ।
चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। समिक्षा अवधिसम्ममा कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपिएस) १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २७३.९९ रुपैयाँ रहेको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।