लगानी खबर, काठमाडौं - अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत महिना जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री गरेको २९.३८ प्रतिशत हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कम्पनीको हकप्रदमा रितपूर्वक आवेदन दिने ८८ हजार ९२२ जना सेयरधनीहरुलाई ५४ लाख ५४ हजार ४०१ कित्ता सेयर बाँडफाँड गरेको हो । अपि पावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे थियो । यो पटक कम्पनीको २ लाख १५ हजार ५९९ कित्ता सेयर वितरण हुन सकेन ।
कम्पनीले यो पटक वितरण हुन नसकेको सेयर लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद सेयर प्रयोजनका लागि वैशाख २९ गते बुक क्लोज गरेकाले वैशाख २८ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद सेयर खरीद गर्न सक्ने व्यवस्था थियो ।
हकप्रद बाँडफाँडमा सेयर नपरेका सेयरधनीहरुको रकम साउन ३ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ । हकप्रद सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तथा मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउनेहरुको हकमा सोही स्थानबाट र ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालय तथा अपि पावर कम्पनी लिमिटेडमार्फत दरखास्त बुझाउनेको हकमा सम्बन्धीत कम्पनीमार्फत रकम फिर्ता भुक्तानी गरिने छ ।
यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति सेयर १:०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।