Like us!
Follow us!

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

लगानी खबर, काठमाडाैँ - उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप गरिएकाे छ ।

केही प्रावधानहरू खुकुलाे बनाउँदै बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका अधिकारीहरुको संयुक्त बैठकले थप १० दिन  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

अबदेखि काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

त्यस्तै, अबबाट बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइनेछ । अझै पनि सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहनेछ ।

60f0185b2ac9f.jpg

60f0185fec0cd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।