Like us!
Follow us!

चालु आर्थिक वर्षको अन्तिम दिन : दाेहाेराे अंकले बढ्याे सेयर बजार

चालु आर्थिक वर्षको अन्तिम दिन : दाेहाेराे अंकले बढ्याे सेयर बजार

लगानी खबर, काठमाडाैँ - चालु आर्थिक वर्षको अन्तिम दिन आज (बिहीबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११.३३ अंकले बढेर २८८३.३८ मा पुगेकाे छ । नेप्से ०.३९ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९३ अंकले बढेर ५४१.३१ मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे ५ करोड ८५ लाख २ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे परिसूचक बढेकाे छ ।

बिहीबार गाेर्खाज फाइनान्सकाे सर्वाधिक काराेबार भएकाे छ । यता रैराङ हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाउँदा मेराे माइक्राेफाइनान्सकाे संस्थापक सेयरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

हेरौँ आजको सेयर तालिका :

60f0018dbb090.jpg 60f00190ef0fc.jpg 60f0019c8ce4c.jpg 60f001a148062.jpg 60f001a76ac99.jpg 60f001aeee5d8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।