Like us!
Follow us!

युनियन लाइफको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

युनियन लाइफको आईपीओ प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

लगानी खबर, काठमाडाैँ - युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट आज (बिहीबार) सम्पन्न भएकाे छ ।

कम्पनीकाे आईपीओको प्रि-अलटमेन्ट बिहीबार सम्पन्न गरिएकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएका छन् । क्यापिटलका अनुसार सकेसम्म आज बेलुकासम्म नै बाँडफाँड गर्ने तयारी गरिएकाे छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा कुल २१ लाख ८२ हजार ७ सय ७५ आवेदन परेकाेमा दाेहाेराे आवेदनका कारण ४ हजार ८ सय एक जना आवेदककाे आवेदन रद्द भएकाे छ । त्यस्तै अन्य कारणले ६५ हजार एक सय ७५ जना आवेदककाे आवेदन अन्य कारणले रद्द भएकाे छ । २१ लाख १२ हजार ७ सय ९९ जना याेग्य आवेदक रहेका छन् । जस अनुसार ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।