Like us!
Follow us!

युनियन लाइफको आईपीओ बाँडफाँड कहिले ? यस्ताे छ तयारी

युनियन लाइफको आईपीओ बाँडफाँड कहिले ? यस्ताे छ तयारी

लगानी खबर, काठमाडाैँ - युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड गर्ने तयारी थालिएकाे छ ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज प्री-अलोटमेन्ट सम्पन्न गरेर भाेलि (शुक्रबार) बाँडफाँड गरिने  तयारी गरिएकाे हाे । हाल फाइलहरू सेबाेनमा पठाइएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा २१ लाख ७२ हजार ८ सय ६८ जना आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको थियाे । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.९१ गुणा बढी आवेदन हो  । कम्पनीकाे आईपीओमा हालसम्म कै उच्च आवेदन परेकाे हाे ।

अहिलेसम्मकाे तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदककाे भने हात खाली हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।