Like us!
Follow us!

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बाँडफाँड

लगानी खबर, काठमाडाैँ - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएकाे छ । नबिल बैंक लिमिटेडकाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयर बाँडफाँड गरिएकाे  हाे ।

संस्थाकाे एक लाख ८९ हजार ६ सय ५३ कित्ता संस्थापक समूहकाे सेयर असार १८ गतेदेखि असार २९ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे थियाे । 

उक्त सेयरहरू हिजाे असार ३० गते, बुधबार निष्कासन तथा बिक्री प्रबन्धककाे राेहवरमा खाेली प्रचलित कानून बमाेजिम ५३ हजार एक सय कित्ता सेयर बाँडफाँड गरिएकाे हाे । 

बाँडफाँड सम्बन्धी जानकारीहरू निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क गरी हेर्न सकिन्छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60efd793e0b44.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।