लगानी खबर, काठमाडाैँ - अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीकाे असार ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले साउन ४ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।
अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल लिमिटेड मार्फत हुनेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।