लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर भोलि (साउन १ गते, शुक्रबार)बाट लागू हुनेछ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा १.५१ प्रतिशतदेखि ३.५१ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ४.१ प्रतिशतदेखि ६.५१ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम ०.५० प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतमहिना जेठ मसान्तमा बैंकको ब्याजको आधारदर ५.७१ प्रतिशत कायम गरेको छ ।
बैंकले प्रकाशन गरेको व्याजदर यसप्रकार छ :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।