Like us!
Follow us!

माछापुच्छ्रे बैंकको ऋणपत्र आजबाट बिक्री खुल्ला, व्याजदर कति ?

माछापुच्छ्रे बैंकको ऋणपत्र आजबाट बिक्री खुल्ला, व्याजदर कति ?

लगानी खबर, काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आज (असार ३१ गते बिहिबार)देखि  निष्कासन तथा बिक्री खुल्ला भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुल्ला गरेको हो । 

बैंकले निष्कासन गर्न लागेको कूल कित्तामध्ये १८ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ भने सर्वसाधारणलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्कासन गरिने कुल १२ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी  गर्न लागेको हो । उक्त ऋणपत्र १० वर्ष अवधिको हुनेछ। ऋणपत्रको वार्षिक ८.५ प्रतिशत हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन सक्नेछन्। आजबाट बिक्री खुल्ला हुने उक्त ऋणपत्रमा छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सक्नेछन् । 


इक्रा नेपालले यस बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर ए माइनस एटदरेट’ रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने र कर्जा जोखिम न्यून भएको मानिन्छ ।
उक्त ऋणपत्र विक्रीका लागि कम्पनीले असार १६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो ।

60efa45ed7536.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।