Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश साधारसभाबाट पारित

सगरमाथा इन्स्योरेन्सको ११.५७ प्रतिशत लाभांश साधारसभाबाट पारित

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट सभा सम्पन्न भएको हो ।

सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशतसेयर बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांक(कर प्रयोजनार्थ)  वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको हो ।

त्यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा बोनश सेयर प्राप्त गर्ने छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।