Like us!
Follow us!

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख रुपैयाँ भुक्तानी

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाख रुपैयाँ भुक्तानी

लगानी खबर,काठमाडौं- एन आई सी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षिय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । 

कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पिएइ श्री प्रकाशचन्द्र अधिकारीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकाछन् । उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ । 

बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो । यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढि भएको छ,’ उनले भने । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।