Like us!
Follow us!

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी

लगानीखबर, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी छ। बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्नेछ । 

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।  स्रोतका अनुसार शुक्रबार मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गरेपछि अर्थमन्त्री युवराज खतिवडाको बिदाइ हुने छ। 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।