लगानी खबर,काठमाडौं-नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ३० गते, बुधबार) बाट एकीकृत कारोबार सुरू गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम प्राप्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको जेठ २५ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार २४ गते स्वीकृती प्रदान गरेको थियो ।
प्राप्ति पश्चात अब 'नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड' को नामबाट एकीकृत कारोबार भएको छ । संस्थाको रजिष्टर्ड कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं। ३, पुछारबजारमा रहनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।