Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्सले सेयर संरचना परिमार्जन गर्ने

प्रुडेन्सियल इन्स्योरेन्सले सेयर संरचना परिमार्जन गर्ने

लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१:४९ कायम गर्ने भएको हो। हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो। 

कम्पनीको १९ औँ वार्षिक साधारणसभाबाट कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गरी ५१:४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो । यसको लागि प्रबन्धपत्र  नियमावलीमा पनि संशोधन गरिएको र बीमा समितिबाट स्वीकृति प्राप्त भईसकेको छ । 

सेयर स्वामित्व परिमार्जन गर्ने क्रममा बाँकी रहने संस्थापक समूहको सेयर सर्वसाधारणमा परिणत गरिने जनाएको छ। सर्वसाधारण सेयरमा परिणत गर्न नचाहने र इच्छा नभएका संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा आइपुग्ने गरी लिखित जानकारी पठाउन पनि कम्पनीले आग्रह गरेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।