Like us!
Follow us!

नेरुडे लघुवित्तको सेयर लिलामीमा, क-कसले आवेदन दिन पाउँछन्  ?

नेरुडे लघुवित्तको सेयर लिलामीमा, क-कसले आवेदन दिन पाउँछन्  ?

लगानी खार, काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको डेढ लाख कित्ता संस्थापक सेयर आज (असार ३० गते, बुधबार) देखि लिलामीमा बिक्री खुल्ला भएको  छ । 

कम्पनीले  १ लाख ५० हजार कित्ता सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ ।

 उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । 

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट निवेदन प्राप्त नभएमा खुल्ला बजार मार्फत बिक्री प्रक्रिया अघि बढाउने पनि कम्पनीले बताएको छ । सेयर खरीद गर्न चाहने संस्थापक सेयरधनीहरुले रितपूर्वक सञ्चालक समिति समक्ष निवेदन दिनुपर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।