Like us!
Follow us!

सगरमाथा इन्स्योरेन्सको लाभांश आज पारित हुँदै

सगरमाथा इन्स्योरेन्सको लाभांश आज पारित हुँदै

लगानी खबर, काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (असार ३० गते) हुँदैछ । कम्पनीको असार ८ गते मंगलबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको २४औं सभा असार ३० गते कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट ११ बजे सुरु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशतसेयर बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा-नोक्सान हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै, साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।