Like us!
Follow us!

राजनीतिक अन्यौलतालाई चिर्दै अघि बढ्यो सेयर बजार, छायो हरियाली

राजनीतिक अन्यौलतालाई चिर्दै अघि बढ्यो सेयर बजार, छायो हरियाली

लगानी खबर, काठमाडौं - सेयर बजारले नयाँ सरकारलाई स्वागत गरेको छ । सोमबार सर्वोच्च अदालतको फैसलासँगै घटेको बजार आज (मंगलबार) पुन: बढेको हो ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गर्दै आज साँझ ५ बजेसम्म  प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

देउवा संविधानको धारा ७६ (५) बमोजिम  मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १६.३४ अंकले बढेर २८७१.०३ बिन्दुमा पुगेको छ ।  आज नेप्से परिसूचक ०.५७ प्रतिशतले बढेको हो ।

आइतबार कूल २२३ कम्पनीको एक करोड २३  लाख ४८ हजार ३ सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । 

आज कूल १३ उपसमूहमा १३ मध्ये १२ कम्पनी मात्र सेयर मूल्य बढेको छ भने बाँकी १ वटा कम्पनीको सेयरमूल्य घटेको छ । मंगलबार फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ  । 

मंगलबार नेपाल बंगलादेश बैंकले सर्वाधिक कारोबार भएको छ बैंकले ४५ करोड ४७ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
मंगलबार सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्, भने सानिमा लार्ज क्याप फण्डका लगनीकर्ताले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।