Like us!
Follow us!

मनकामना स्मार्ट लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

मनकामना स्मार्ट लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

लगानी खबर, काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ)  बाँडफाँड साेमबार सम्पन्न भएको छ  । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । 

ग्राेलाप्रथाबाट वितरण गर्दा ३६ हजार ३ सय ४९ जनाले १० कित्ता सेयर हात पारेका छन् । जसमध्ये १० कित्ता भन्दा धेरै आवेदन दिने भाग्यमानी २ जनाले थप एक एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका छन् । बाँकी  १९ लाख ९९ हजार ९०० आवेदकको भने हात खाली भएकाे छ ।

कति पाउला ओपनिङ रेञ्ज ?
संस्थाको आइपिओले कति ओपनिङ रेञ्ज पाउला भन्ने चासाे आम लगानीकर्तामा रहेको छ । 

नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

सेबाेनमा प्रकाशन भएकाे विवरण पत्र अनुसार संस्थाकाे आर्थिक वर्ष २०७६/७७ को  प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ८४ रहेको छ । साेही नेटवर्थकाे ३ गुणा  ३३२ रुपैयाँ ५२ पैसा हुन्छ ।

संस्थाले गत असार १७ गतेदेखि असार २१ गतेसम्म  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म कम्पनीको आईपिओमा २० लाख ३६ हजार २४५ जना आवेदकबाट  २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन परेको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।