Like us!
Follow us!

जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने

जोन्सन एण्ड जोन्सनको खोप साउन ४ गतेदेखि लगाइने

लगानी खबर, काठमाडौं - अमेरिकाले कोभ्याक्स उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको छ ।

उक्त खोप काठमाडौं जिल्लामा साउन ४ गतेदेखि लगाउन सुरु गरिने भएको हो।  कोभिड–१९ खोप कार्यक्रमलाई थप प्रभावकारी गर्न गठित समन्वय तथा अनुगमन समितिको बैठकले जिल्लाका ४४ वटा खोप केन्द्रबाट साउन ४–६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो ।

जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज सोमबार नेपाल आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक डोज मात्र लगाए पुग्ने उक्त खोप ५०–५४ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरिसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।