Like us!
Follow us!

शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथ ग्रहणका लागि तयारी हुँदै

शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथ ग्रहणका लागि तयारी हुँदै

लगानी खबर, काठमाडौं - कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

देउवा संविधानको धारा ७६ (५) बमोजिम  प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

सपथ ग्रहणका लागि तयारी भइरहेको छ  । स्रोतका अनुसार आज बेलुकी ६ बजे शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।