Like us!
Follow us!

आईएफआईसी बैंक नेपाल बंगलादेश बैंकबाट बाहिरिने, सबै सेयर बेच्ने

आईएफआईसी बैंक नेपाल बंगलादेश बैंकबाट बाहिरिने, सबै सेयर बेच्ने

लगानी खबर, काठमाडाैँ - नेपाल बंगालदेश बैंकको बंगालदेशी साझेदार आईएफआईसी बैंकले सबै सेयर बिक्री गर्ने भएकाे छ ।

बैंककाे संस्थापक समूहका शेयरधनी आईएफआईसी बैंक लिमिटेड, ढाकाले आफ्नाे सम्पूर्ण ३ कराेड ६८ लाख २७ हजार ४ सय २६ कित्ता तथा आर्थिक वर्ष २०७७/७८ मा कुनै बाेनस सेयर प्राप्त भएमा साे समेत गरी सबै संस्थापकहरू बिक्री गर्न लागेकाे हाे । 

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

३५ दिन भित्र पनि सेयर बिक्री नभएमा अन्य व्यक्ति,संघ, संस्थाको लागि खुल्ला गरिने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ed33bb9c55d.jpg

60ed33c17c4ae.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।