Like us!
Follow us!

सत्ता हस्तान्तरण गर्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

सत्ता हस्तान्तरण गर्नुअघि प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

लगानी खबर, काठमाडौं - सत्ता हस्तान्तरण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले हिजाे संसद विघटन बदर गर्दै २८ घण्टाभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेकाे थियाे । जस अनुसार आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।