Like us!
Follow us!

समृद्धि फाइनान्सकाे लिलामी सेयर आजबाट खुल्याे, कहाँबाट दिने आवेदन ?

समृद्धि फाइनान्सकाे लिलामी सेयर आजबाट खुल्याे, कहाँबाट दिने आवेदन ?

लगानी खबर, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (असार २९ गते, मंगलबार) देखि  अवितरित हकप्रद सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेकाे छ । कम्पनीले ११ लाख ३५ हजार ५ सय ५८ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले आज (असार २९ गते, मंगलबार) देखि श्रावण ५ गते, मंगलबारसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यस सेयरमा लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामाेड, धनुषा, हेटाैँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घाेराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र  समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।