Like us!
Follow us!

युनियन लाइफको आईपीओमा नयाँ रेकर्ड, सेयर पाउन भाग्यकै भर, कतिले दिए आवेदन ?

युनियन लाइफको आईपीओमा नयाँ रेकर्ड, सेयर पाउन भाग्यकै भर, कतिले दिए आवेदन ?

लगानी खबर, काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको  साधारण सेयर (आईपीओ) मा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीको आईपीओ २१ लाख भन्दा बढी आवेदन परेको हो ।  आज अतिम दिन कम्पनीको आईपीओमा हालसम्मकै उच्च आवेदन परेको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज अन्तिम दिन २१ लाख ७२ हजार ८ सय ६८ आवेदकबाट ३ करोड ४० लाख १० हजार ८ सय ९० कित्ताको लागि आवेदन परेको हो । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५.८५ गुणा बढी आवेदन हो  ।

अन्तिम दिन भएकाले तथ्यांकमा थाेरै तलमाथी पर्न सक्नेछ । अहिलेसम्मकाे तथ्यांक हेर्दा भाग्यमानी ५ लाख ८० हजार ५ सय जना आवेदकले १० कित्ता सेयर हात पार्नेछन् । बाँकी आवेदककाे भने हात खाली हुनेछ ।

यसअघि जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन परेको थियो ।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।