Like us!
Follow us!

युनिभर्सल पावरको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

युनिभर्सल पावरको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक

लगानीखबर, काठमाडौं - युनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा कम्पनीले ९८.०२ प्रतिशत मुनाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको छ ।

चौंथो त्रैमाससम्ममा कम्पनीले ५ करोड ७१ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २ करोड ८८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

कम्पनीले हालसम्म बिजुली उत्पादन गर्न भने सकेकाे छैन । निर्माण कार्य सम्पन्न गर्न ढिला भएका कारण बिजुली उत्पादन हुन नसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ, जगेडा कोषमा १० करोड १४ लाख रूपैयाँ, प्रतिशेयर आम्दानी २ रुपैयाँ ७२ पैसा र प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ८३ पैसा रहेकाे छ । 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।