Like us!
Follow us!

लाभांश प्राप्त गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

लाभांश प्राप्त गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको हिजो  (असार २७ गते आइतबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा साउन २१ गते काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । सभाले सो लाभांश पनि पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन्। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनसहित नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि पनि छलफल पारित गर्नेछ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो साउन १४ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, साउन १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।  

कम्पनीले सार्वजनिक गरेको सूचना हेर्नुहोस्:- 

60ebef363a7c3.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।