Like us!
Follow us!

सिटी एक्सप्रेसको 'न एती न उति सिधै लखपति' योजनाका विजेतालाई उपहार हस्तान्तरण

सिटी एक्सप्रेसको 'न एती न उति सिधै लखपति' योजनाका विजेतालाई उपहार हस्तान्तरण

लगानी खबर, काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १४ वसन्त पार गरी १५ औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सकरात्मक र सबल हुँदै” भन्ने मुल नाराका साथ  १५औं वार्षिकोत्सव आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स , कमलादीमा सानो समारोहबीच सम्पन्न गरेको छ ।  

उक्त समारोहमा “न एती न उति सिधै लखपति” योजनाको बिजेता साउदीमा कार्यरत  जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाखको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।