Like us!
Follow us!

तेह्रथुम पावरले साउन ५ गतेबाट आईपीओ निष्कासन गर्ने

तेह्रथुम पावरले साउन ५ गतेबाट आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौं - तेह्रथुम पावर कम्पनी लिमिटेडले साउन ५ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि साधारण सेयर (आईपिओ) को निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ । यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । 

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आगामी साउन ५ गतेदेखि छिटोमा साउन १९ र ढिलामा भदौ २ गतेसम्ममा आईपीओमा आवेदन दिनु सक्नेछन्  । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि गत असोज १३ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको थियो । बोर्डले कम्पनीलाई असार १० गतेबाट आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको थियो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले निष्कासन गर्न लागेको साधारण सेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।