लगानी खबर, काठमाडौं - आज (आइतबार) सेयर बजारमा भारी वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७३.३३ अंकले बढेर २८९८.४३ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २.६० प्रतिशतले बढेको हो ।
आइतबार कारोबार रकम पनि बढेको छ । पछिल्लो समय ४ अर्बमा खुम्चिएको कारोबार रकम आइतबार ८ अर्बमा नाघेको छ । लामो समयपछि आज कारोबार रकम पनि बढेको हो ।
आइतबार एनआइसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले ३९ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो ।
नबिल बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड, हिमालयन डिष्टिलरी, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, नेपाल पूनर्बीमा कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडले पनि सर्वाधिक कारोबार गरेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।