Like us!
Follow us!

नेप्सेमा नेपाल लाइफ इन्स्याेरेन्सको सेयर सूचिकृत

नेप्सेमा नेपाल लाइफ इन्स्याेरेन्सको सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कम्पनीकाे ३१ प्रतिशत बाेनस बापतकाे एक कराेड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको थियो । उक्त लाभांश कम्पनीको  माघ २८ गते सम्पन्न २० औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।